समाचार

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित

Nepal Police Headquarter

१८ भदौ, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरूलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरिएको छ ।

उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस