समाचार

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

bike accident

२० भदौ, काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बोर्डगाँउमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

हिजो बेलुका करिब पौने ८ बजे लु४३प ८०१३ र लु१९प १७२० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । १७२० नम्बरका चालक अर्घाखाँचीको ढाकाबाङ गाउँपालिका–६ का २५ वर्षीय मानबहादुर गमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ ।

घाइते अर्का मोटरसाइकल चालक रुपन्देहीको सियारी गाउँपालिका–२ का ३५ वर्षीय राधेश्याम पासीको सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *