समाचार

आज यी नदीमा बढ्नेछ बहाव

badhi

२० भदौ, काठमाडौं । पश्चिम राप्ती नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

कोसी, नारायणी र यिनका सहायक नदीहरूमा पनि बहाव सामान्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, बबईलगायतमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, झापा, सप्तरी, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, बजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस