
२० भदौ, दाङ । दाङको लमही नगरपालिका–५, रातोडाँडामा मोटरसाइकल दुर्घटना हँदा चालकको मृत्यु भएको छ । लमही नगरपालिका–७, हसनापुरका ४६ वर्षीय शिबु गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति साढे १२ बजे लमही अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब पौने १२ बजे गिरीले चलाएको रा४प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस