मनोरञ्जन ताजा समाचार

भोट माग्न गृह जिल्ला पुगे कमेडी च्याम्पियनका फाइनलिष्ट

Comedy Champion

२० भदौ, काठमाडौं । कमेडी च्याम्पियनको फाइनलका लागि भोट माग्न फाइनलिष्टहरु गृह जिल्ला पुगेका छन् । फाइनलमा पुगेका भरतमणि अधिकारी, बिक्की अग्रवाल र सन्तोष थापा भोट माग्न गृह जिल्ला पुगेका हुन् ।

सन्तोष थापा गोरखाका हुन् भने भरतमणि पौडेल ताप्लेजुङका हुन् । बिक्की अग्रवाल भारत सिक्किमका हुन् । उनीहरु बिहीबार नै काठमाडौंबाट आ–आफ्नो जिल्लातर्फ लागेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार प्रत्येक प्रतिस्पर्धीसँग तीन/तीन जनाको टोली निर्माण पक्षले पठाएको छ ।

होम भिजिटको फुटेज आउँदो श्रृंखलामा देखाइने निर्देशक भण्डारीले बताए । सबै प्रतिस्पर्धीलाई गृह जिल्लाका नेताहरुको साथ छ । भरतमणिलाई एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईको साथ भने सन्तोषलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथ छ ।

यस्तै सिक्किममा बिक्कीलाई मुख्यमन्त्री पीएस गोलेको साथ रहेको छ । कमेडी च्याम्पियको फाइनल असोज २ गते हुँदै छ । कमेडी च्याम्पियनको विजेताले कार, फष्ट रनरअपले मोटरसाइकल र सेकेन्ड रनरअपले स्कुटर पाउँने छन् ।

कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस