सेयर मार्केट

नेप्सेमा पहिरो, डेढ घण्टामा १३६.७२ अंकको गिरावट

share market nepal

२० भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुरुवातबाट नै गिरावट भएको सेयर बजार लगातार ओरालो लागेको छ । मध्याह्न १२ बजेर ४७ मिनेट जाँदा बजार परिसूचक नेप्से १३६.७२ अंकले ओरालो लाग्दा २७९०.२७ अंकमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति १२ करोड र प्रतिव्यक्ति प्रतिबैंक चार करोड रुपैयाँको सीमा तोकेको थियो । जसको प्रभावले सेयर बजार त्यसयता निरन्तर घटिरहेको छ ।

यही भदौ २ गते ३१९९.०३ अंकको उचाइ कायम गरेर ३ गतेदेखि घट्न लागेको नेप्से त्सयता आजसम्म नौ दिन कारोबार हुँदा करिब ४०० अंकको गिरावट भइसकेको छ । डेढ घण्टाको अवधिमा नेप्सेमा एक करोड ३५ लाख ८१ हजार ६८७ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ५२ करोड ८ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस