कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो चेतनामूलक घरदैलो कार्यक्रम

sangrila

२० भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर एकसाथ घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । कोरोना महामारीमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अरू मापदण्डको समेत पालना गर्दै एकसाथ सबै शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।

घरदैलो कार्यक्रममा बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्ने सम्बन्धी जनचेतना जगाउने काम गरिएको बैंकले जनाएको छ ।

कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरी आयोजना गरेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस