
२० भदौ, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित नाग डाँडाबाट प्रहरीले तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ ।
स्थानीय शंकर बस्नेतको घरमा तास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जुवा खालबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ ।
आरोपीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस