
२१ भदौ, काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, बेसारेमा पहिरो खस्दा उक्त स्थानमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब ३ बजेदेखि सडक अवरुद्ध भएको हो ।
अविरल वर्षापछि सडकमाथिबाट पहिरो खसेका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी फेदीखोलाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस