समाचार

गोरु काटेको आरोपमा ३ जना पक्राउ

arrest

२१ भदौ, स्याङ्जा । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।

सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस