समाचार

सेयर बजार घटेपछि गभर्नरको राजीनामा माग्दै मोटरसाइकल र्‍याली

bike ryali

२१ भदौ, काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् । पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन्दोलनमा उत्रिएका हुन् ।

समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ को सिमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ । उनीहरुले हिजो दिनभरमा सेयर बजार मैत्री निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *