
२१ भदौ, काठमाडौं । ताइवानले आइतबार आफ्नो हवाई सुरक्षा क्षेत्रमा ठूलो संख्यामा चिनियाँ सैन्य जेट विमामहरूले उडान भरेर धावा बोलेको बताएको छ । १९ वटा लडाकु र परमाणु–समर्थ बमवर्षक विमानहरू उसको ‘एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीज)’ भनिने क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ ।
ताइपेइले चिनियाँ एयर फोर्सको बारम्बारको मिसनको बारेमा एक वर्षभन्दा लामो समयदेखि असन्तुष्टि जाहेर गरिरहेको छ । चीनले ताइवानलाई अलग भएको प्रान्तको रूपमा हेर्छ भने ताइबानले आफूलाई सार्वभौम राष्ट्र मान्छ । ताइवानको रक्षा मन्त्रालयले आइतबारको मिसनमा चिनियाँ एयर फोर्सद्वारा परमाणु हतियार बोक्न सक्ने चारवटा एच–६ बम्बर्ससँगसँगै एन्टी–सबमारिन एयरक्राफ्ट समावेश गरिएको बताएको छ । मन्त्रालयले ताइवानको भन्दा चिनियाँ तट नजिक प्रतासको उत्तरपूर्वको उडानमार्गको नक्सा पनि जारी गरेको छ । चिनियाँ विमानहरूलाई चेतावनी दिन क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएको र लडाकु विमानहरू पठाइएको मन्त्रालयले जनाएको छ ।
चीनले आधिकारिक रूपमा अझै टिप्पणी गरेको छैन । ताइवानले गर्ने टिकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्न बेइजिङले बेलाबेलामा यस्ता मिसनहरू सञ्चालन गर्ने गर्छ । ताइवानको रिपोर्ट अनुसार जुनमा त्यतिबेला सम्मकै सबैभन्दा ठूलो हवाइ अतिक्रमणका लागि बेइजिङले १८ वटा सैन्य जहाजहरू एडिजमा पठाएको थियो । पछिल्लो मिसनको अभिप्राय के थियो भन्ने स्पष्ट छैन । यद्यपि, गत हप्ता ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सुरक्षा खतरा बढेको भन्दै चीनको सशस्त्र बलले ताइवानको रक्षालाई ‘असहाय’ पार्न सक्ने चेतावनी दिएको थियो ।
चीन र ताइवान : आधारभूत कुराहरू
१९४९ मा चिनियाँ गृहयुद्ध समाप्त भएदेखि चीन र ताइवानमा छुट्टाछुट्टै सरकार छन् । बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिलाई सीमित पार्न प्रयास गरेको छ र दुवैले प्रशान्त क्षेत्रमा प्रभाव कायम गर्न प्रतिस्पर्धा÷प्रतिद्वन्द्विता जारी राखेका छन् । हालैका वर्षहरूमा तनाव बढिरहेको छ र बेइजिङले सो टापुलाई फिर्ता गर्न बल प्रयोग गर्न अस्वीकार गरेको छैन ।
ताइबानलाई केही राष्ट्रहरूले मात्र आधिकारिक रूपमा मान्यता दिएका छन्, यद्यपि यसको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारको धेरै देशहरूसँग बलियो व्यवसायिक र अनौपचारिक सम्बन्ध छ । धेरै देशहरूको जस्तै संयुक्त राज्य अमेरिकाको पनि ताइवानसँग आधिकारिक कुटनीतिक सम्बन्ध छैन, तर त्यस टापुलाई आफ्नो रक्षाको लागि साधन प्रदान गर्न एक अमेरिकी कानुनको आवश्यक हुन्छ । बीबीसी