अर्थनीति

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

Janardan Sharma

२१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा आज टेलिफोन गरेर मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन भनेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *