कर्णाली प्रदेश

पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु

Prithvi Highway pahiro

२१ भदौ, जाजरकोट । गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः ०० बजे पहिरोसहित आएको ढुङ्गाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएकी छन् । उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस