समाचार

हत्या गरी फरार व्यक्ति २७ वर्षपछि पक्राउ

arrest

२१ भदौ, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो ।

विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष कैद फैसला गरेको थियो । प्रहरीले लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएपश्चात् कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस