कर्पोरेट

शिक्षकहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पाउनेछन् १० प्रतिशत छुट

norvic hospital

२१ भदौ, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ ।

‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ ।

यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचय पत्र भने देखाउनु पर्नेछ ।

नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तीजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस