समाचार

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

school classroom

२१ भदौ, काठमाडौं । असोज १ गतेदेखि काठमाडौंमा भौतिक रुपमै विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने छ । शैक्षिक संस्था खोल्नेबारे प्रशासन र स्थानीय तहबीच सहमति भएको हो ।

हाल अनलाइनमार्फत पठनपाठन हुँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस