
२१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । सोमबार युवासंघको कार्यक्रममा उनले आफ्नाे भुलचुकले कपाल फुलेको बताए ।
“युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।” कार्यक्रममा ओलीले एमाले सरकारबाट हटेपनि जनता आफ्नै पार्टीमा आइरहेको दाबी गरे ।
“नेकपा एमालेलाई स–सना झुण्ड मिलेर । जालझेल गरेर खेद्न खोज्छन् । एमाले सरकारबाट हटेको छ । जनता एमालेमा प्रवेश गरेको छ ,” उनले भने । एमाले सरकारमा भए नभएमा फरक नपर्ने उनले बताए । कार्यक्रममा उनले युवासंघमा प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस