मुख्य समाचार

बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

gyanendra bdr karki

२१ भदौ, काठमाडौं । सरकारले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले गरेका निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्दबहादुर कार्कीले भने, “नेपालको लोकतान्त्र स्थापनाका लागि आजीवन र अनवरत संघर्ष गरेका वीपी कोइरालाको नाममा वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।”

कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन् । २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनबाट नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइराला २००७ सालमा राणा शासन ढलेपछि बनेको सरकारका पहिलो गृहमन्त्री हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस