समाचार

यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी (सूचीसहित)

singhadurbar

२२ भदौ, काठमाडौं । १८औँ निजामती सेवा दिवसका अवसरमा आज ४० कर्मचारीलाई पुरस्कृत गरिँदै छ ।

१० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । मन्त्रिपरिषद्को सोमबार (हिजो)को निर्णयानुसार उनीहरूलाई पुरस्कृत गर्न लागिएको जनाइएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेलको नाम छ । यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।

निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतको नाम छ । यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।

puraskar

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *