२२ भदौ, काठमाडौं । नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
कन्काई, वाग्मती, पूर्वी राप्ती, तिनाउमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कमला, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।
आज इलाम, झापा, मोरङ, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पर्सा, बारा, रौतहट, सप्तरी, धनुषा, महोत्तरी, दोलखा, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, मनाङ, स्याङ्जा, तनहु, नवलपुर, गुल्मी, पाल्पा, अर्घखाँची, नवलपरासी, प्युठान, बर्दिया, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, पश्चिम रुकुम, दैलेख, सुर्खेत, दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।