समाचार

प्रचण्डको उपस्थितिमा वाईसीएलले अध्यक्ष छान्दै

ycl

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दैछ ।

भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाले चयन गरेको नयाँ केन्द्रीय समिति सदस्यहरुको पहिलो बैठक आज बस्न लागेको हो । बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिए ।

बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गर्नेछ । १५ गते सम्पन्न भेलाले २३१ सदस्यीय केन्द्रीय समितिमध्ये २०४ जना निर्विरोध निर्वाचित गरेको थियो । वाईसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी हुने बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *