समाचार

लागु औषधसहित नागढुंगाबाट १ जना किशोर पक्राउ

Suresh

२२ भदौ, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषध सहित एक जना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–६ घर भएका १९ वर्षीय सुरेश खङ्ग छन् । राजविराजबाट काठमाडौं आउँदै गरेको ना.५ख ५३१५ नम्बरको बस चेकजाँच गर्दा सुरेशको साथमा  लागु औषध फेला परेको थियो ।

उनको साथबाट ५८५ ट्याब्लेट नाइट्रोभ्याट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *