२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ल अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई सरुवा गरेको छ ।
पराजुलीको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस