समाचार

चार लाख बराबरको ६१ क्विन्टल केराउसहित ट्याक्टर चालक पक्राउ

kerau baramad

२३ भदौ, काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो ।

मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको हो । उक्त ट्याक्टरबाट करिब दुई लाख ७६ हजार ५०० रुपैयाँ बराबरको ३९ क्विन्टल ३० किलो केराउ बरामद गरिएको थियो ।

यस्तै, भारततर्फ लैजानका लागि सोही स्थाननजिकै थुपारी राखिएको करिब एक लाख ५४ हजार रुपैयाँ बराबरको २२ क्विन्टल केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *