
२३ भदौ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । ना ६ ख २१ १० नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस