समाचार

एमसीसी सन्दर्भमा ओलीले भने– जनताको अरुचिका विषयमा प्रवेश गर्दैनौँ

KP Sharma Oli

२३ भदौ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको चाहना नभए एमसीसीका विपक्षमा उभिने बताएका छन् । बुधबार संसदीय दलको बैठकमा सांसहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले जनताका लागि काम गर्ने पार्टीले जनताको चाहना अनुसार मात्र काम गर्ने बताए ।

भीम रावलसहितका एमाले नेताहरूले एमसीसी राष्ट्रघाती भने पनि ओलीले भने ‘जनताको चाहना’ मात्र भनेका छन् । “हामी नेपाल र नेपाली जनताको हितका लागि काम गर्ने पार्टी हो, जनताले रुचि देखाएका काम गर्छौँ । जनताको अरुचिका विषयमा हामी प्रवेश गर्दैनौँ,” ओलीले भने, “एमसीसीको अहिले प्रस्ताव नै आएको छैन । प्रस्ताव आएपछि त्यसबारे निर्णय गरौँला ।”

उनले अहिलेको प्राथमिकता एमाले फुटाउने विधेयकदेखि धेरै विषय रहेको बताए । “पार्टी फुटाउने षड्यन्त्रमा ल्याएको विधेयकप्रति हाम्रो गम्भीर आपत्ति छ, त्यसमा सभामुख स्वयम् संलग्न छन्,” ओलीले भने, “त्यसबारे पार्टीले आफ्ना धारणा संसद्मा जनताले थाहा पाउने गरी राख्नुपर्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस