समाचार

कुपण्डोलबाट नक्कली प्रमाणपत्र बनाउने पक्राउ

arrest

२३ भदौ, काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै  पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *