सेयर मार्केट

हकप्रद सेयर जारी गर्न लागेको एक्सेलको बुक क्लोज असोज १ गते

right share

२३ भदौ, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १०ः३ बराबरको हकप्रद सेयर जारी गर्न असोज १ गते बुक क्लोज गर्ने भएको हो ।

जसअनुसार, असोज १ गते अगाडिसम्म कायम कम्पनीका सेयरधनीहरूले हकप्रद सेयरमा १० कित्ता बराबर थप ३ कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यसअघि, २०७७ साल असार १४ गते सम्पन्न कम्पनीको चौधौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार को ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *