विश्व/प्रवास

इन्डोनेसियाको एउटा जेलमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु

41 killed in fire

२३ भदौ, काठमाडौं । इन्डोनेसियाको एउटा भीडभाडयुक्त जेलमा बुधबार बिहानै भीषण आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी नजिकैै रहेको सो जेलमा आगलागी हुँदा अन्य ८० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक पर्चुगिच् र एक दक्षिण अफ्रिकी गरी दुई विदेशी नागरिक पनि छन् ।

मारिनेमध्ये अधिकांश लागूपदार्थ अभियुक्त रहेका इन्डोनेसियाका न्याय तथा मानवअधिकार मन्त्री यासोना लाओलीले बताएका छन् । उनले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गर्ने बताए । रेडक्रसका अधिकारीहरूले प्रभावित तथा शवहरूको उद्धार गरेका थिए ।

आगो निभाइसकेपछि जेलबाट कैदीबन्दीलाई भाग्न नदिन सैयौँ प्रहरी र सेना परिचालन गरिएको थियो । अहिले परिस्थिति नियन्त्रणमा रहेको त्यहाँका अधिकारीले बताएका छन् । एक अधिकारीका अनुसार १ हजार २ सय २५ जनाको लागि बनाइएको उक्त जेलमा २ हजार भन्दा बढी कैदीबन्दी राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस