समाचार

काठमाडौंबाट स्रोत नखुलेको नगद ११ लाखसहित युवक पक्राउ

arrest

२३ भदौ, काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट स्रोत नखुलेको सो रुपैयाँसहित भारतको पश्चिम बंगाल, हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस