सेयर मार्केट

सेयर बजार ६० अंकको गिरावट, सबै समूह राताम्मे

share market nepal

२३ भदौ, काठमाडौं । बुधबार सेयर बजार ६० अंकको गिरावट आएको छ । सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम झनै घटेको छ । केही दिनयता कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ ।

हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ । भदौ ३ गते साढे २० अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा त्यसयता कारोबार रकम खुम्चिँदै आएको छ । यस दिन सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ ३१, ब्यापार ८२, होटल तथा पर्यटन ६४, विकास बैंक १५७, जलविद्युत ५३, फाइनान्स ९७, निर्जीवन बीमा ३२८, उत्पादन १८८, अन्य ६३, माइक्रोफाइनान्स ६७, जीवन बीमा ४२१ र लगानी समूह २ अंकले घटेका छन् ।

यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ४० पैसा पुगेको छ। एक्सल डेभलपमेन्ट बैंकको मूल्य ८.६ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ । युनिभर्सल पावरको मूल्य ७.६ र स्वरोजगार लघुवित्तको ६.९ प्रतिशतले मूल्य बढेको छ ।

लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य ६ प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको ५.४, सिभिल लघुवित्तको ५.२ र गुहेश्वरी मर्चेन्टको मूल्य ५ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस