समाचार

दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

udhog banijya

२३ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा  छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने मन्त्रालयले जनाएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस