समाचार

काठमाडौंमा ५६८ सहित देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टि

Corona Kathmandu

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस