मुख्य समाचार

एमालेको नाराबाजीकाबीच दल विभाजनसम्बन्धी अध्यादेश पेस

sansad barodh

२३ भदौ, काठमाडौं । एमालेको नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस गरेका छन् ।

बुधबार तेस्रोपटक बसेको बैठकमा सभामुख अग्नि सापकोटाले एमालेको विरोधकाबीच गृहमन्त्रीलाई दलसम्बन्धी अध्यादेस पेस गर्न अनुमति दिएका थिए । लगत्तै गृहमन्त्रीले एमालेको विरोधकाबीच उक्त अध्यादेश पेस गरेका थिए ।

दल विभाजनसम्बन्धी अध्यादेश पेश भएपछि आजको प्रतिनिधि सभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस