मुख्य समाचार

एमालेको लगातारको अवरोधपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

UML

२३ भदौ, काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ । बुधबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएपछि ३० मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।

दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरू कार्यसूचीबाट हटाएको जानकारी गराए ।

अर्काे बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस