समाचार

तिजमा खुलेन पशुपतिनाथको मन्दिर

pashupati nath temple

२४ भदौ, काठमाडौं । कोरोना महामारीका कारण यसपालिको तिजमा पशुपतिनाथको मन्दिर खुलेको छैन ।

कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तिजमा मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस