
२४ भदौ, काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७, हनुमानचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।
मोटरसाइकल चालक सुखीपुर नगरपालिका–९ का २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ । स ५ प २४ ०४ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट कसहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस