बागमती प्रदेश

सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो

pahiro balde

२४ भदौ, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए ।

पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए । उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ
सहकारीमार्फत रु  ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् । उनी चौतारा साँगा चोकमा रहेको दीप सिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १ गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतले  फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *