अर्थनीति

२६ गतेसम्म सरकारले रोक्यो तबल भत्ता र पेन्सन बाहेकको बजेट निकाशा

MOFA

२४ भदौ, काठमाडौं । सरकारले प्रतिस्थापन अध्यादेश नआउँदासम्म तलब, भत्ता र पेन्सन बाहेकका कुनै पनि शिर्षकमा भुक्तानी नगर्ने भएको छ । महालेखा नियन्त्रकका कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै तलब, भत्ता र पेन्सन बाहेकका भुक्तानी नगर्न निर्देशन दिएको हो ।

“आर्थिक वर्ष २०७८/०७९ को सरकारको बजेट रकम निकाशा सम्बन्धमा तलब भत्ता र निवृतिभरण बाहेकको कुनै पनि बजेट निकासा २०७८ भदौ २४ गतेदेखि २०७८ भदौ २६ गतेसम्म नगर्नु नगराउनु हुन साथै यस अवधिमा निकाशा भइ बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धीत निकाशा माग गर्ने  र निकाशा गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत निर्णयअनुसार अनुरोध  गरिन्छ,” महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको निर्देशनमा भनिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *