समाचार

असोज १ देखि सहुलियत पसल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट

khadyana pasal

२४ भदौ, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै  सहुलियत पसल सञ्चालन गर्दै आएको छ । सहुलित पसलमा चामलमा प्रतिकेजी पाँच रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ, नुनमा प्रतिकेजी दुई रुपैयाँ, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट हुनेछ ।

यस्तै, खसीबोका प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री हुने  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, दुग्ध विकास संस्थानबाट पनिर र घिउलगायत दुग्धजन्य पदार्थमा सम्बन्धित संस्थानले तोकेबमोजिम छुट हुने मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *