सेयर मार्केट

साताको अन्तिम दिन ०.६२ अंकले घट्यो नेप्से

share market

२४ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ । साताको पहिलो दिनदेखि नै तीव्र उतार–चढाव देखिएको बजार आज अन्तिम कारोबार दिनमा भने सम्हालिएको छ ।

यस दिन कारोबार रकम सामान्य बढेको छ । दिनभर ७ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढेको छ । ब्यापार र लगानी समूह भने १ अंकमुनि हरियो रहेको छ । बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटेको छ ।

हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ । सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको छ । हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंक संस्थापक समूहको मूल्य ९.६ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोपावरको मूल्य ९.२ तथा ग्रीनलाइफ हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ ।

माउन्टेन हाइड्रो र युनियन हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेको छ । अपि पावरको मूल्य ६ प्रतिशतले बढेको छ ।  रिडी हाइड्रोपावरको मूल्य ५ प्रतिशतले घटेको छ भने आइसिएफसी फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *