खेलकुद समाचार

१५ दिने अभ्यासका लागि राष्ट्रिय पुरुष फुटबल टोली शुक्रबार कतार जाँदै

Nepali Football Team

२४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ । नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टोली भोलि (शुक्रबार) कतार प्रस्थान गर्दैछ । कतार जाने नेपाली टिमलाई बिहीबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको थियो । नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरेका थिए ।

फुटबल टोलीलाई बस्ने, खाने व्यवस्था कतार फुटबल संघले गर्ने भएको छ । प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबार नै कतार गइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *