समाचार

पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

Juwa

२४ भदौ, पोखरा । पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो ।

होटलमा तास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई २ लाख ८६ हजार ७२० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने तिलक विक, पर्वत मोदी गाउँपालिकाका यामबहादुर लामिछाने, स्याङ्जा बिरुवाका चुनबहादुर थापा, विनोद विक, पर्वत भोर्लेका जितबहादुर गुरुङ र पोखरा लेकसाइड बस्ने वसन्त श्रेष्ठ रहेको डिएसपी हमालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *