समाचार

जिपको ठक्करबाट बालकको मृत्यु

Death Body

२५ भदौ, काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारनजिकै जिपको ठक्करबाट चार वर्षीय बालकको मत्यु भएको छ । स्थानीय अनिल रावलका छोरा योगेन्द्रको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब ८ बजे बाटो ‘क्रस’ गर्दै गरेका बालकलाई बागथलाबाट देउरातर्फ जाँदै गरेको से१ज ९६८ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपसहित फरार रहेका चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोस्ट बागथलाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस