समाचार

भदौ २७ गते सुदूरपश्चिमका २ जिल्लामा सार्वजनिक विदा

holiday bida

२५ भदौ, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छिमेकीबीच माया, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा अट्वारी पर्व मनाउने गरिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस