समाचार

पूर्व राजदूत तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन

rukma samser

२६ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए ।

उनका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ । राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन् । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमी मध्येका एक हुन् ।

भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी निभाउनुका साथै नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरी समेत रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *