बागमती प्रदेश

चितवनमा घट्दै कोरोना संक्रमण

covid discharge

२७ भदौ, काठमाडौं । साउन महिना लागेसँगै उच्च बनेको कोरोना संक्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने संक्रमितको संख्या पनि घट्दै गएको छ ।

गत साउनमा दैनिक २०० हाराहारीमा संक्रमित रहेकामा यही भदौ लागेसँगै संक्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, साउन १७ गते २२९, साउन २४ गते २३८ मा संक्रमण देखिएको थियो । साउन मसान्तबाट यो संख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो संख्या थप घट्दै गएको हो । कार्यालयको तथ्यांकानुसार भदौ १ गते १०६ मा संक्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो संख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा संक्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमुना परीक्षण गरिएकामा एक हजार ७८५ मा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।

साउनमा संक्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो संख्या ३४ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उनका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय संक्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताइन् ।

साउनको अन्तिम साता जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजार ५०० पुगेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *