समाचार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी सार्वजनिक

pakrau

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनी नातामा भतिज र छिमेकी समेत हुन् । गत सोमबार तेजबहादुरसहित , ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *