समाचार

दाङका विद्यालय भोलिदेखि खुल्ने

school student

२७ भदौ, दाङ । दाङमा भोलि सोमबारदेखि शिक्षालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय भोलिदेखि खुल्ने भएका हुन् ।

स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियँ ।

आज डीसीएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

उनले भने, “डिसिएमसीको आजको बैठकले विद्यालय सञ्चालनका लागि कार्यपालिकाले पेस गरेको सिफारिस अनुमोदन गरेकाे छ। स्मार्ट लकडाउन निर्देशिका २०७८ अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा आउनेछन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *